पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ७ जना संक्रमित ,१ सय ७७ जनाको मृत्यु

काठमाडौं– पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ७ जना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १ सय ७७ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ६ हजार २४ जनाको मृत्यु भएको छ ।

बिज्ञापन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ९० जना संक्रमणमुक्त भएका छन् ।