पशुपति दर्शन खुला गर्ने सरकारकाे तयारी

सरकारले पशुपतिनाथ मन्दिर दर्शन खुला गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ को त्रास हट्दै गएकाले पशुपतिनाथको दर्शन खुला गर्ने तयारी थाल्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका हुन् ।

पशुपति क्षेत्र विकास कोषको समीक्षा बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री भट्टराईले उक्त निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले कोषका पदाधिकारी, सदस्य तथा कर्मचारीलाई निर्देशन दिँदै भने– ‘मुलुक विस्तारै विश्वव्यापी महामारी कोभिड–१९ को त्रासबाट माथि उठ्दै गरेको छ, विस्तारै सार्वजनिक सवारी साधनहरू पनि चल्न थालेको अवस्था छ । निश्चित समयसम्मका लागि स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन पनि खुला गर्ने तयारी थाल्नुहोस् ।’

मन्त्री भट्टराईले आइतबार कोषमा समक्षिा बैठक आयोजना गरेका थिए । बैठकमा उनले पशुपति दर्शनको तयारी शुरु गर्न निर्देशन दिएका हुन् । पशुपतिनाथ मन्दिरमा १० चैतपछि नियमित पूजा बन्द गरिएको छ । सन्ध्या आरती समेत बन्द रहेको छ ।