पूर्वअर्थमन्त्रीमाथि संसदीय छानबिन समितिको म्याद थपिने

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिको म्याद थप गरिने भएको छ ।७ दिन म्याद थप्न समितिले माग गरेअनुसार आजको संसद बैठकमा यससम्बन्धी प्रस्ताव पेस गरिने भएको हो ।

अहिले बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले समितिको म्याद थपसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची छ ।