
जनकपुरधाम । मधेस सरकारले जनकपुरधाममा संचालनमा रहेको उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशनालय खारेज लगायतका तीन निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार पर्साको वीरगञ्जमा उद्योग विभाग स्थापना गर्ने निर्णय भएको छ ।
यस्तै सिरहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगञ्जमा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय पनि भएको मन्त्री साहले बताएका छन् ।