सातामा प्रतितोला १ हजार २०० ले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्य बढेको हो ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० थियो । जुन, १ हजार २०० रुपैयाँले बढेर यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ पुगेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३०० रुपैयाँ छ ।लामो समयदेखि घट्न थालेको सुनको मूल्य एक साताको अवधिमा प्रतितोला १२ सय रुपैयाँले बढेको हो । यसअघि, यही महिनामा सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँसम्म पुगेको थियो । जुन अहिले बढेर पुनः ९६ हजारभन्दा माथि पुगेको हो । यस्तै, यो साता चाँदीको मूल्य भने स्थिर कायम भएको छ । महासंघले गत साता प्रतितोला १२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य यो साता पनि सोही मूल्य कायम छ ।

बिज्ञापन