
ग्लोबल नेपाली फिल्म अवार्डको चौथो संस्करण सान फ्रान्सिस्को बे एरियामा नोवेम्बेरको ३० देखि डिसेम्बर १ तारिक सम्म हुने भएकोछ । आयोजकका अनुसार बिगत तीन संस्करणसम्म Global Nepali film Award LLC , USA र Nepal Film Society, Nepal आयोजकभइ यो अवार्ड गरिदै आएको थियो भने यस बर्षदेखि olden State Movie Maker LLC, USA ले पनि आयोजक बन्दै सहकार्य अगाडी बढाएको छ ।

नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्थाका अधक्ष्य नबराज श्रेष्ठले बताए । तेस्रो संस्करण संयुक्त राज्य अमेरिकामा सफलता पूर्वक सम्पन्न भएको यो अवार्डले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा अघि सारेको छ ।



नेपाली चलचित्रकर्मीहरुलाई सम्मान, नेपाली चलचित्रलाई डायस्पोरामा प्रबद्धन, पुरस्कार र प्रोत्साहनका साथै बिशुद्द नेपाली सिनेमाको बजार प्रबर्धन, सिनेमा टुरिजम बिषयमा अन्तरक्रिया, कलाकार पुनर्मिलन र चलचित्र पर्यटन तथा भिजिट नेपाल २०२० को पूर्व सन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्रियाउने अवार्डका उद्देश्य रहेको नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्लले अबगत गराएका छन् ।

अवार्डको तयारी तिब्र रुपमा भईरहेको नेपालका कार्यक्रम संयोजक मदु कुमार श्रेष्ठले जानकारी गराएका छन् भने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठ र कलाकार संयोजकमा श्याम भट्टराई रहेका छन् ।
नेपाली फिल्म ईण्डस्ट्रिजलाइ विश्व बजार सम्म फैलाउने मुख्य उद्देश्यको साथ आयोजना गर्दै आएको यस कार्यक्रमको यो संस्करण झन् व्यापक र बृहत हुने आयोजकको दाबि रहेको छ ।
अवार्ड सम्बधि अन्तिम निर्णयको अधिकार नेपाल फिल्म सोसाइटी अन्तर्गतको जुरी टिमलाइ रहने छ भने अमेरिकामा रहने कलाकारहरु सँगको समन्वयको जिम्मेवारी Global Nepali film Award LLC , USA र 8848 Media House LLC कम्पनीलाइ रहनेछ ।
कार्यक्रम स्थानिय व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी भने Golden State Movie Maker LLC, USA लाइ दिइएको छ । कार्यक्रम निर्माणको सम्पूर्ण जिम्मेवारी नारायण पुरी, राजु बजाज र एस बाबु सन्दिपलाइ आयोजक तिनै वटा संस्थाको तर्फ बाट प्रदान गरिएको छ । कार्यक्रमको मुख्य सो यानिकी ‘अवार्ड सो’ नोबेम्बेर ३० को दिन साँझ ६ बजे देखि बर्कलि को यु सी थिएटरमा हुनेछ ।
यसरी यु सी थिएटरमा कुनै नेपाली कार्यक्रम हुन लागेको यो पहिलो पटक हो जहाँ अमेरिकाका ख्याती प्राप्त कलाकारहरु आएर प्रस्तुति दिने गर्दछन । त्यस्तै कार्यक्रमको भोलि पल्ट बिहानै भिजिट नेपाल २०२० लाइ प्रमोसन गर्ने उदेश्यले कलाकार सहितको सहभागितामा बर्कलि सिटिको मुख्य सडकनै बन्द गरि नेपाल डे परेड मनाइने र उक्त कार्यक्रमको आयोजक यस कार्यक्रमको सहआयोजक मध्यको एक हिमालयन फाउन्डेसन भएको हुनाले उक्त नेपाल डे परेड कार्यक्रमसँग पनि सहकार्य गरिने छ । साथै सोहि दिन साँझ सान फ्रान्सिस्को बे मा कलाकारहरु सहितको भब्य क्रुज पाटी समेत गरिनेछ । जसमा सहभागी हुने हरुले प्रत्यक्ष्य कलाकारहरुलाई भेट्न समेत पाउनु हुनेछ ।
कार्यक्रममा नेपाली फिल्म छेत्रका स्थापित, नबोदितलगाएत अति लोकप्रिय कलाकारहरुको समेत उपस्थिति रहनेछ , त्यसका साथै अवार्ड शोको बीच बीचमा नेपाली स्थापित कलाकारहरुको समेत प्रस्तुति रहने जानकारी गोल्डेन स्टेट मुभी मेकर एल एल सीका अध्यक्ष यज्ञ लाल श्रेष्ठले जानकारी गराए ।मिलापबाट