
दमक / भारतबाट स्वदेश फर्किरहेका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका छन ।



गौरीफान्टा नाका भएर नेपाल फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गरेकाे र तीन जनामा कोभिड पुष्टि भएको छ भने कोभिड पुष्टि भएका ३नै जनालाई होमआइसोलेसन बस्न भनेको जोशीले बताउनुभयो ।

कोभिड पुष्टि भएकाकाे पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ भने परीक्षण पछिमात्र उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्ने निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिनुभयो ।
भारत लगायतका विभिन्न देशमा कोभिड–१९ को सङ्क्रमण देखा परिरहेकाले नेपालमा पनि यसको सङ्क्रमण निम्तन सक्ने भएकोले अहिले सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको छ ।