
दमक / झापाको अर्जुनधारामा मोटरसाइकलको ठक्करबाट सोहि ठाउँका एक पैदलयात्रीको मृत्यु भएको छ ।

असार १ गते राति अर्जुनधारा नगरपालिका २ भित्री सडकखण्डमा मे ४ प ७४६७ न. को मोटरसाइकलले पैदलयात्री वडा नं २ बस्ने ३६ वर्षीय लेखबहादुर दर्जीलाई ठक्कर दिएको थियो ।
बिज्ञापन



दर्जीकाे टाउकोमा चोट लागेर घाइते भएका थिए भने उनलाई उपचारका लागी बीएण्डसी अस्पताल बिर्तामोडमा राखिएकाे थियाे। दर्जीकाे उपचार भइरहेकोमा आज बिहान ८ः१० बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

मृतकको शव सोही अस्पतालमा रहेको छ । मोटरसाइकल र मोटरसाइकल चालक अर्जुनधारा ४ बस्ने २३ वर्षीय अंकित चौधरीलाई अस्थायी प्रहरी चौकी खुदुनावारीले नियन्त्रणमा लिएको छ ।