थप चार जनामा कोरोना संक्रमण पुष्टि

दमक / सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार पछिल्लाे सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामामात्र। थप चार जनामा  कोरोना सङ्क्रमण पुष्टि हुनेमा सबै भारतबाट आएका पुरूषहरू रहेका छन् ।

सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङका रहेका छन् भने त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको  जोशीले जानकारी दिएका हुन ।

बिज्ञापन

जोशीले भने   “शङ्कास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँच जनामा कोभिड पुष्टि भएको छ, सङ्क्रमितहरुलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ ।” यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीन जनामा सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने साम्भव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन समेत निर्देशन दिएको छ ।