
दमक / भारतबाट नेपाल फर्कने व्यक्तिहरूमा धमाधम कोरोनाको सङ्क्रमण देखापर्न थालेपछि सुदूरपश्चिमका चारवटा सीमानाकामा ‘हेल्थ डेस्क’ मा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ।

भारतसँग सीमा जोडिएका चारवटै प्रदेशका क्षेत्रमा हेल्थ डेस्कमार्फत शङ्कास्पद बिरामीको ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गरिएको प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारीले जानकारी दिएका छन्।



उच्च शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको सूचना अधिकारीले बताए। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सीमानाकामा रहेका हेल्थ डेस्कलाई सक्रिय पारिएको हो।

यात्रुको चापअनुसार किटको सङ्ख्या थोरै रहेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले बताउछन् ।
‘शङ्कास्पद बिरामीको कोरोना जाँच कार्य भइरहेको छ’, उनले भने, ‘हेल्थ डेस्कमा पुनः कोरोना चेकजाँचको कार्य भएयता एन्टिजेनको नतिजा नेगेटिभ रहेको छ।’ सीमानाकामा सञ्चालित डेस्कमा सातजना कर्मचारी कार्यरत रहेका छन्।