

काठमडाैं । सिनामंगलस्थित आयल निगमको हवाईइन्धन डिपोबाट १९ चैत दिउँसो २ हजार लिटर तेल चोरीको आरोप खेपेका तीन कर्मचारी सरुवा भएका छन् । डिपो प्रमुख मनोज ठाकुर, उपप्रबन्धक विदुर कोइराला र ब्राउजर अपरेटर गोपाल नकर्मी प्रधान कार्यालय तानिएका हुन् ।
बिज्ञापन



स्रोतका अनुसार ठाकुरलाई इन्जिनियरिङ विभाग र कोइराला तथा नकर्मीलाई गुणस्तर नियन्त्रण तथा अनुगमन विभागमा सरुवा गरिएको हो । तीनैजनाको सिनामंगल डिपोमा काम गर्ने अवधि सकिएको थियो, तर व्यवस्थापनको संरक्षणमा उनीहरू लामो समयदेखि कार्यरत थिए ।

निगमबाट प्राप्त विवरणअनुसार बढीमा ५ वर्ष मात्र काम गर्न पाउने नकर्मी सिनामंगल डिपोमा १५ वर्षदेखि कार्यरत थिए । त्यस्तै बढीमा दुई वर्ष काम गर्ने अवधि भएका कोइराला र ठाकुरको समयावधि तीन महिनाअघि सकिएको थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।