स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारबाही गर्न स्वास्थ्य मन्त्रालयको माग

नेपालगन्जस्थित भेरी अस्पतालमा बिहीबार साँझ स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न स्वास्थ्य मन्त्रालयले माग गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले यस्ता घटनामा शून्य सहनशीलता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

विरामीको मृत्यु भएपछि आफन्तले गरेको आक्रमणमा भेरी अस्पतालमा  स्वास्थ्यकर्मीको भागदौड मच्चिएको थियो। आफुहरु अस्पतालको झ्यालबाट निस्केर दुई तलामाथिबाट हाम फालेको उनीहरुले बताएका छन्। अहिले त्यहाँ नर्स र चिकित्सकहरु आन्दोलनमा छन्।

बिज्ञापन