प्रदेश १ मा २३ जना आइसोलेसनमा

कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश–१ मा ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

 

बिज्ञापन

प्रदेशमा आइतबार साँझसम्ममा पीसीआर विधिबाट ३८७ जना स्वाब र आरडीटी विधिबाट २ हजार २८१ जनाको नमुना परीक्षण गरिएको छ ।

 

धरानस्थ्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पीसीआर विधिबाट नमुना परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ ।

 

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हाल ६ सय ७६ पुगेको छ । होम क्वारेन्टाइनमा ४ हजार २२३ जना छन् । प्रदेशमा १३ जनामा सङ्क्रमण देखिएकामा २ जना नेपाली र ११ जना भारतीय नागरिक छन् ।