सुनको मूल्य बढ्ने क्रम रोकिएन, तोलामा ९४ हजार १०० पुग्यो

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । सोही क्रममा आइतबार सुन तोलामा ९४ हजार १०० रुपैयाँमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन आइतबार बढेर ९४ हजार १०० रुपैयाँ पुगेको हो ।

बिज्ञापन

 

यस्तै तेजाबी सुन तोलामा आइतबार ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर तोलामा १३५५ रुपैयाँमा कारोबार भएको हो ।