अस्पतालबाट चम्सुरीको अपिल : मलाई पैसा होइन, मिर्गौैला दान गर्नूस

काठमाडौं । लोकप्रिय टेलिभिजन अभिनेत्री चम्सुरी अर्थात पल्पसा डंगोल दुबै मिर्गौला फेल भएपछि अहिले अस्पतालमा उपचाररत छिन् । चिकित्सकले उनका दुबै मिर्गौला फेर्नुपर्ने बताएका छन् ।

चम्सुरीलाई सघाउन अहिले देश तथा विदेशस्थित कलाकारले उनलाई सघाउन आर्थिक अभियान चलाएका छन् । तर, चम्सुरीले भने आफूलाई पैसा नभएर मिर्गौला चाहिएको बताएकी छिन् ।

बिज्ञापन

उपचारमा आफू नै सक्षम भएकाले आर्थिक सहयोग आवश्यक नपर्ने तर, आफूलाई मिर्गौला जरुरी भएको उनले जनाएकी छिन् ।डाक्टरले ५० लाख लाग्ने बताएपनि अहिले २० लाख जति लाग्ने भएपछि आर्थिक संकलन नगरिएको चम्सुरी निकट अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बताइन् ।