छवि र शिल्पा विरुद्ध जेठी श्रीमतीको बहुविवाहको मुद्धा | OmkarTimes.com

काठमाडौ । निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बिच भैरहेको लफडामा नयाँ मोड आएको छ । छविराज ओझाकी जेठी श्रीमती हेमा ओझा (५३ वर्षिय) ले श्रीमान छविराज ओझा र छविराजकी कान्छी श्रीमती शिल्पा पोखरेल बिरुद्ध बहुबिवाहको मुद्धा चलाएकी छिन् ।

 

बिज्ञापन

दुई सन्तान (२ छोरा) की आमा हेमाले श्रीमान ओझा र सौता पोखरेले बिरुद्ध आइतबार महानगरिय प्रहरी वृत्त गौशलामा बहुविवाहको मुद्धा दायर गरेकी हुन् ।

 

अधिकवत्ता स्वागत नेपाललाई लिएर हेमाले छवि र शिल्पा विरुद्ध बहुविवाहको मुद्धा दायर गरेकी हुन् । पहिला प्रमाण नभएको र हाल प्रमाण प्राप्त भएकाले श्रीमान र कान्छी श्रीमती शिल्पा बिरुद्ध बहुविवाहको मुद्धा हालेको हेमाले निवेदनमा खुलाएकी छिन्।

 

आफु माथि घरेलु हिंसा भएको भन्दै गत साता श्रीमान छविराज ओझा विरुद्ध प्रहरी परिसर टेकुमा निवेदन दिएकी थिइन् । त्यसपश्चात् शिल्पाले काठमाण्डौं जिल्ला अदालतमा डिभोर्स फाइल गरिन् ।

 

छविकी जेठी श्रीमती हेमाले बहुविवाहको मुद्धा दायर गरेसँगै छवि शिल्पाको परपाचुके प्रक्रियालले नयाँ मोड लिएको छ ।