कंगोमा बिद्रोहीको आक्रमणबाट घाइते शान्ति सैनिक गुरुङको उपचारका क्रममा मृत्यु

कंगोको लेबल २ अस्पताल उपचारारत शान्ति सैनिक अनिल गुरूङको मृत्यु भएको छ।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी घाइते भएका सुर्खेत गुर्भाकोट १४ का सिपाही अनिल गुरूङको मृत्यु भएको हो।

नेपाली शान्ति सैनिकहरूले अपरेशन ‘बाली’ सञ्चालन गरेका थिए। त्यसपछि विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको फायरबाट त्यहाँ कार्यरत एक सैनिक घाइते भएका थिए।

घाइते सैनिकको हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थिल लेबल २ अस्पतालमा पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ।