
काठमाडौँ : सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले ठगी आरोपमा सोमबार काठमाडौँको सुनधाराबाट पक्राउ गरेको हो ।

तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेप कर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सिआइबीको डिआइजी धीरजप्रताप सिंहका अनुसार निक्षेप कर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई पक्राउ गरिएको हो।



तामाङमाथि अहिलेसम्म ४४ करोड रुपैयाँ भन्दा धेरै हिनामिना र ठगी गरेको आरोपसहित कयौँ उजुरी परेका छन्। तिनै उजुरीको छानबिनका क्रममा तामाङलाई पक्राउ गरेर सीआइबीको टोलीले हिरासतमा लिएको जनाएको छ । उनीसँगै अन्य केही व्यक्तिहरु पनि पक्राउ परेका छन् । प्रहरीले यसबारे आज पक्रकार सम्मेलन गरि जानकारी दिँदै छ।

उनलाई सम्पती शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ । विभागले उनिसँग पटक–पटक बयान लिएको छ । बयानका क्रममा इच्छाराज तामाङले पेश गरेको कागजात सम्पती शुद्धीकरणले विश्लेषण गरिरहेको छ ।