
काठमाडौं — आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको हो ।

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला रु पाँचले बढेको छ । महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला रु ९२ हजारमा कारोबार भएको छ ।
बिज्ञापन



तेजाबी सुन तोलाको रु ९१ हजार ५०० पुगेको छ । चाँदी प्रतितोला रु एक हजार २३५ पुगेको छ ।
