युक्रेनमा रुसी हमला : १० लाख युक्रेनीले छोडे देश

एजेन्सी । युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरूमा शरण लिएको राष्ट्रसङ्घले जनाएको छ । एक साताको अवधिमा सो सङ्ख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन् ।

गत बिहीबारदेखि रुसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमला गरिरहेको छ ।

बिज्ञापन

ट्विटरमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शरणार्थी सम्बन्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले भनेका छन्, ‘बन्दुकहरू बिसाउन बिन्ती गर्छु, ताकि देशमा रहेका लाखौँलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस्।’

युद्धका कारण १ करोड २० लाख मानिस आन्तरिक रुपमा विस्थापित हुने र उनीहरूलाई राहत आवश्यक पर्ने सो निकायले जनाएको छ।