निर्वाचन अभियानलाई प्रभावकारी बनाउन सभापति देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचन अभियानलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

अभियानमा खटिने केन्द्रीय प्रतिनिधिलाई आज पार्टी मुख्यालय सानेपामा बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

कांग्रेसले फागुन २९ गतेबाट ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गर्दैछ ।

मंगलवार नै उनले एमालेबाट निर्वाचित बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री, एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमिल्सिनासहितलाई पार्टी प्रवेश गराएका थिए ।