
जाजरकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले सडकको अस्थायी ट्र्याक खोल्न हेलिकोप्टरमार्फत् स्काभेटर ढुवानी गरेको छ ।

अप्ठ्यारो भुगोलका कारण सडक निर्माणका लागि डोजर हेलिकोप्टरबाट ढुवानी गरिएको नगरप्रमुख गोरखबहादुर केसीले जानकारी दिए ।
बिज्ञापन



आठबीसकोट–३ मा रहेको डोजरलाई हेलिकोप्टरबाठ ढुवानी गरेर वडा नम्बर १ मा लगिएको हो ।

श्रमिक प्रयोग गरेर सडक खन्न सम्भव नभएपछि डोजरको प्रयोग गर्नुपरेको उनले बताए ।
आठबीसकोट–३ खदीसम्म सडकको अस्थायी ट्र्याक खुलेको छ ।
तर, वडा नम्बर १ को उमाखोला, सिस्ने हिमालको काखमा रहेका चैतेखारा, फिलिगे, रोकाजा र ओग्लेमा सडक खन्न डोजरको सहायता लिनु परेको हो ।
सिस्ने हिमालको काखमा रहेकाले त्यहाँ अत्यधिक चिसो हुने गर्छ ।
वडा नम्बर २ को स्यालामा सडक निर्माण गर्दा झारमारे लेकबाट सामग्री ढुवानी गरिएको छ ।