नेपाली बजारमा आज सुनचाँदीकै भाउ बढ्याे

नेपाली बजारमा आज मंगलबार सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार १ लाख १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ८ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन ९९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।

बिज्ञापन

त्यसैगरी, चाँदीको मूल्य १५ रूपैयाँले बढेको छ । आज चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।