बढेन बैंकहरूको व्याजदर

वाणिज्य बैंकहरूले असारका लागि पूरानै ब्याजदरलाई निरन्तरता दिएका छन् ।वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गरेको सहमति अनुसार पूरानै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।

आर्थिक वर्षको अन्तिम महिना पनि भएकाले पुरानैलाई निरन्तरता दिने सहमति अनुसार असारका लागि बैंकहरुले मंगलवार पूरानै ब्याज प्रकाशित गरेका छन् ।अहिले वाणिज्य बैंकहरुले साधारण मुद्दतिमा ११.०३ प्रतिशत ब्याज दिँदै आएका छन । बैंकहरूले संस्थापकलाई १०.०३ र रेमिटेन्सलाई १२.०३ प्रतिशत ब्याज दिँदै आएका छन् ।  यही ब्याज असारमा पनि निरन्तर गरिएको हो ।

बिज्ञापन

बैंकहरूले आगामी महिना लागू हुने ब्याज त्यसअघि अर्थात मसान्तका दिन प्रकाशित गरिसक्नुपर्छ । त्यही अनुसार आज जेठ मसान्तका दिन असारको ब्याज प्रकाशित गरेका छन् ।