चेक चोरेर करडौँ हत्याउन खोजेको आरोपमा भेटवाल पक्राउ

काठमाडौं। अर्काको चेक चोरेर करडौँ रुपैयाँ हत्याउन खोजेको आरोपमा सुबास भेटवाल पक्राउ परेका छन्।काठमाडौं प्रहरीले भेटवाललाई बौद्ध क्षेत्रबाट बिहीबार पक्राउ गरेको हो।चोरेको चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर हत्याउन खोजेको आरोप भेटवालमाथी लागेको थियो।आफ्नो चेक भेटवालले चोरेर आफुलाई उल्टै फसाउन खोजेको भन्दै सिन्धुलीका राजकुमार बरालले भेटवालविरुद्ध आपराधिक विश्वासघात कसुरमा जाहेरी दिएका थिए।

आफ्नो चेक हराएपछि बरालले प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि बरालसँग संगतमा रहेका भेटवालको साथबाट ती चेक बरामद भएको थियो।हराएका ७ वटा चेकमा २ करोड २९ लाख रुपैयाँ भरेको पाइएको थियो। काठमाडौं परिसरल‍‍े लामो समयसम्म ती चेक नियन्त्रणमा राखेपनि विवाद आएको थियो।