
गौरादह/ग्वालडुब्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले निशुल्क पानी बितरण गरेर नागरिककाे सेवामा समर्पित भएकाे छ। गौरादह -७ मा रहेकाे खानेपानी उपभोक्ता समितिले संस्थाकाे विभिन्न समस्या झेलेर उपभोक्तालाई खानेपानी महसुल नलिई नि:शुल्क खानेपानी बितरण गरिरहेकाे छ।खानेपानी संस्थाले हालसम्म शुल्क नलिई खानेपानी जडान गर्न लगाएर सेवाग्राहीलाई निशुल्क खानेपानीमा सेवाकाे सन्देश दिएकाे छ।
शुद्ध खानेपानी नागरिकका लागि अति आवश्यक भएकाले शुल्क तिरेर शुद्ध खानेपानीकाे सेवा लिन नस्सक्ने नागरिकहरुका लागि याे सेवा अनुकरणीय बनेकाे छ।दक्षिणी क्षेत्रमा बसाेबास गर्ने अधिकांश नागरिक जनमजदुर गरेर जिविकाे पार्जन गरिरहेका छन।शुद्ध खानेपानी बितरण हुनु अगाडि यस क्षेत्रका नागरिकहरु ट्युबवेलकाे पानी पिउने गरेका थिए।खानेपानी उपभोक्ता समितिले पायप बिस्तार गरि धारा जडान गरेपछि नागरिकहरु हर्षित भएका थिए।नागरिकहरुले मिटर खरिद गरि घर आँगनमा धारा जडान गरिसकेपछि संस्थाले सुरुवाती समयमा परिक्षणकाे समय रहेकाे जनाएको थियाे। खानेपानी धारकाे मिटर समेत जडान गरिएकाले उपभोक्तालाई मासिक खानेपानी महसुल कति बझाउनु पर्छ भन्ने चिन्ता थियाे। उपभोक्ताहरुकाे चिन्तालाई खानेपानी उपभोक्ता समितिले सहज रुपमा समाधान गरिदिएकाे छ।
संस्थाका कार्यवाहक अध्यक्ष राजेन्द्र सुवेदीले उपभोक्ताहरुलाई खानेपानी धारा निर्धक्क साथ जडान गर्न अनुराेध गर्दै पानी उपभाेग गरेवापत कुनै शुल्क नलिने बताए।खानेपानी निर्माणकार्य सुरुभएकाे लामाे समयकाे प्रतिक्षापछी संचालनमा आएकाे खानेपानी उपभोक्ताहरुका लागि नभई नहुने भएकाले संस्थाले पानी उपभाेग गरेवापत शुल्क लिदैन।खानेपानी संचालनमा आएकाे ३ बर्ष भयाे हाल सम्म समितिले पानी उपभाेग गरेवापत कुने शुल्क लिएकाे छैन।ग्वालडुब्बा खानेपानी संस्थाले उपभोक्ताहरुलाई निशुल्क शुद्ध पिउने पानी बितरण गरेर जिल्लामै नमुना काम गरेकाे छ। उपभोक्ताहरुले निशुल्क पानी उपभाेग गर्न पाइरहेका छन।
शुद्ध पिउने पानीको प्रतिक्षामा बसेका उपभोक्ताले नि:शुल्क शुद्ध पिउने पानी पाएपछि धारा जडान गर्ने नागरिकहरुकाे संख्यामा बृद्धी भएकाे छ। गाउँ घरमा गरिब तथा बिपन्न परिवारहरुकाे बसाेबास रहेकाले खानेपानीकाे महत्त्व उपभोक्ताहरुलाई बझाउन र शुद्ध पिउने पानीकाे सुबिधा नागरिकहरु समक्ष पुर्याउने उदेश्यले नि:शुल्क खानेपानी बितरण गरिएकाे समितिका कार्यवाहक अध्यक्ष सुवेदी बताउँछन्। खानेपानी आयाेजना निर्माण गर्दा बचेकाे पैसाकाे ब्याजबाट हालसम्मको खर्च मेन्टिनेन्स हुँदै आएकाे कार्यवाहक अध्यक्ष राजेन्द्र सुबेदीले बताए।खानेपानी निर्माण गर्दा बचेकाे २२ लाखकाे ब्याजबाट बिधुत र कर्मचारी खर्च मेन्टिनेन्स हुँदै आएकाे कार्यवाहक अध्यक्ष सुवेदी बताउँछन्।
नागरिकहरुलाई शुद्ध खानेपानी निशुल्क बितरण गर्न सहयाेगका लागि जिल्ला बिकास,संघ संस्था, एन जि ओहरु सँग पहल गरिएकाे कार्यवाहक अध्यक्ष सुवेदीले बताएका छन। शुद्ध खानेपानी नागरिककाे अनिवार्य आवश्यकता भएकाले सबै नागरिक समक्ष खानेपानीको सुबिधा सहज रुपमा बितरण गर्न स्थानीय सरकारले सहयाेग गर्नु पर्ने अध्यक्ष सुबेदीले बताउँछन्।स्थानीय सरकारले पनि सहयाेग गरेमा खानेपानी महसुल नलिईकान उपभोक्तालाई संधै भरि शुद्ध पिउने पानीको निशुल्क सुबिधा दिन सकिने सुबेदीकाे भनाइ छ। ग्वालडुब्बा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गौरादह नगरपालिका वडा नं २ काे केही भागका साथै वडा नं -७ र ८ मा पानी बितरण गरिरहेकाे छ।खानेपानीको सेवाक्षेत्र भित्र २ हजार ७ सय घरधुरी रहेकाे समितिका सचिब चुडा बहादुर भुजेलले जानकारी गराए।खानेपानी संचालन भएकाे एक बर्षकाे अवधिमा ४ सय २१ घरधुरीले खानेपानी जडान गरि उपभाेग गरेका थिए।
खानेपानी संचालनमा आएकाे तेस्राे बर्षमा जम्मा ५ सय १८ घरधुरीले धारा जडान गरिसकेकाे र सेवा क्षेत्र भित्रका अन्य उपभोक्ताहरुले जडान गर्ने कार्य भइरहेको समितिका सचिब भुजेलले जानकारी गराए।शुद्ध खानेपानी बितरण गर्न २ लाख २५ हजार लिटर क्षामताकाे ओभर हेड ट्याङ्की निर्माण र पानी शुद्ध बनाउन फिल्टर तथा कार्यलय संचालनका लागि भवन निर्माण गरिएकाे छ।