नेपालको संविधानसँग बाझिने सहायता अस्वीकार्य : दाहाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको संविधानसँग बाझिने र सुरक्षा स्वार्थ जोडिएको विदेशी सहयोग एवं सहायता नेपालले अस्वीकार गर्ने बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित कमिटी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय पार्टी स्कुल विभागको संयुक्त आयोजनमा शुक्रबार भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

बिज्ञापन

नेपालको स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गरेर हुने सहयोगमात्र स्वीकार गरिने उनले स्पष्ट गरेका छन् ।

‘नेपाल असंलग्न परराष्ट्र नीति अवलम्बन गर्छन्’ दाहालले भने, ‘नेपालको संविधान विपरीत हुने र कुनै पनि सुरक्षा स्वार्थसँग जोडिएका विदेशी सहयोग स्वीकार गर्दैनौं ।’

नेपालमा पछिल्लो समय अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्ने की नगर्ने भन्ने बारेमा चर्को बहस हुँदै गर्दा अध्यक्ष दाहालले चिनिया कम्युनिष्ट पार्टीका नेतासँग यस्तो खुलासा गरेका हुन् । स्पष्ट भाषामा अध्यक्ष दाहालले एमसीसी अस्वीकार गरेको उल्लेख गरेका छन् ।

‘नेपालको सार्वभौम स्वतन्त्रता र गैरहस्ताक्षरित नीतिलाई सम्मान गर्ने मित्र देशहरूको कुनै पनि विकास समर्थनलाई स्वागत गरिनेछ । संविधानविरुद्धका सुरक्षासहित संलग्न कुनै पनि प्रकारको सहयोग स्वीकार गर्न सकिदैन’ दाहालले भनेका छन् ।

तर, अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ्समा नेपालले हस्ताक्षर गरेपछि दुई देशका विभिन्न तहमा भइरहेको सहकार्यप्रति खुसी व्यक्त गरेका छन् ।

चिनियाँ जनताको एकता, दृढता, त्याग, समर्पण र मानवअधिकारको अदृश्य रोगविरूद्धको युद्धमा चीनको कम्युनिष्ट पार्टीले निर्देशित गरेको अनुकरणीय प्रदर्शनको दाहालले प्रशंसा गरेका छन् ।

नेकपा चीनको कम्युनिष्ट पार्टीसँग मिलेर साझा विकास, समृद्धि, शान्ति र सद्भावको लागि काम गर्न तयार रहेको उनले बताए ।

अध्यक्ष दाहालले अहिलेको विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संकट समाधान भएपछि चीन भ्रमण गर्ने बताएका छन् ।

उनले गत डिसेम्बर महिनामा आफू नेकपाका केन्द्रीय सदस्यहरुको एउटा डेलिगेसनलाई नेतृत्व गर्दै आउने तयारीमा रहेको तर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण स्थगित गर्नुपरेको उल्लेख गरेका छन् ।

अनुकुल समयमा आफू चीन भ्रमणमा आउँने प्रतिबद्धता दाहालले चिनिया कम्युनिष्ट पार्टीका नेताहरुसंग गरेका छन् ।