
काठमाडौं । फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दसैँसम्म भत्काउन ललितपुर महानगरपालिकाले निर्देशन दिएको छ । महानगरपालिकाले घर-घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो ।

ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टो-टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरू दशैँसम्म हटाउन माइकिङ गरेको हो ।
बिज्ञापन



ललितपुर महानगरपालिकाले लगनखेलस्थित आफ्नै भवनमा नियम विपरीत बनाएको संरचना हटाएर अनधिकृत संरचना हटाउन सुरु गरेको छ । ठेक्कामा दिएको उक्त भवनमा फुटपाथसम्म ओगटेर नियम विपरीत क्वालिटी क्याफे सञ्चालनमा थियो।

नगर प्रहरी प्रमुख हाछेथुले फुटपाथ ओगट्नेलाई पत्र नकाटी पनि कारबाही गर्न मिल्ने भएकाले बिहान नगर प्रहरीको टोलीले भत्काएको बताए ।