
झापा जिल्लाको दमक स्थित पाथिभरा होटलमा लुम्बिनी जनरल ईनस्योरेन्स कंपनिले तिन दिने अभिकर्ता आधारभुत तालिम यहि भाद्र १५ बाट १७ गते गराएको छ ।
झापा जिल्लाका अधिकांस पालीका साथै छिमेकी जिल्लाहरु मोरङ,सुनसरी,ईलाम साथै पाँच्थर बाट गरी ३२ जना सहभागीहरुको उपस्थित रहेको लुम्बिनी दमक शाखा प्रमुख कुमार गजुरेलले बताए , निर्जीवन बिमाले पशु पंक्षि साथै कृषी बिमा समेत पर्ने हुदा भैपरी आउने क्षति नोक्सानीको बित्तिय सुरक्षा हुने हुदा पछिल्लो समय कृषक एवंम् व्यावसायिक किसानहरु को आकर्षण बढेकोले गर्दा यस क्षेत्रमा राम्रो भबिश्य रहेको हुदा तालिममा आफु सहभागी भएको ईलाम बाट सहभागी भावना कोईरालाले बताईन् ।
पछिल्लो समय फार्म दर्ता गरी व्यावसायिक पशु पालन गर्ने ट्रेड चलेको साथै उन्नत जातका गाई,बाख्रा तेस्रो मुलुक बाट आयत गरी नश्ल सुधार गरी पशु पालन गर्दा एउटै पशु धनको मुल्य लाखौ पर्ने हुदा बिमा गर्नु पर्छ भन्ने कुरामा किसानहरु सचेत देखिएको गौरादह स्थित पशु प्राबिधिक भुपेनद्र निरौलाले बताए ।
दमकमै पहिलो पल्ट संचालित निर्जीबन अभिकर्ता तालीममा प्रशिक्षक लुम्बिनी जनरल ईन्स्योरेन्सका साहयक प्रबन्धक नवराज तिमलसिना थिए भने कंपनिको तर्फबाट प्रदेश १ ईन्चार्ज अभिषेक बराल साथै ईटहरी शाखा प्रमुख अर्जुन पौडेल र बिर्तामोड शाखा प्रमुख चन्द्र प्रकाश बास्कोटा को उपस्थिति रहेको थियो !