सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोबारको कारोबार मूल्य तोक्दै सुनको मूल्य जानकारी दिएको हो । सुनको मूल्य घटे पनि सोमबार चाँदीको मूल्य भने स्थिर कायम छ ।

मूल्य घटेसँगै सोमबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६ सय  र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार १०० रुपैयाँ छ ।

बिज्ञापन

आइतबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९ सय  र तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ४०० रुपैयाँ छ ।

आइतबार भने सुनको मूल्य स्थिर रहेको थियो । गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य स्थिर रहेको हो ।

यसैगरी, चाँदीको मूल्य भने लगातार तेस्रो दिनदेखि स्थिर कायम भएको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ११ सय ५० रुपैयाँ रहेको जनाएको छ ।