
दमक। प्रतिनिधी सभा सदस्य पदको प्रत्यक्ष तर्फको उम्मेदवारका लागि नेकपा एमालेको झापा क्षेत्र नम्बर ४ बाट पुर्ब भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री हिराकुमार थापा सहित ५ जनाको दाबी रहेको छ । तर सिफारिस गर्ने भन्ने वारे विवाद उत्पन्न भएको छ।
हालका क्षेत्र नम्बर ४ का संघीय सांसाद एलपी साँबा, प्रदेशसभा सांसद तथा पुर्व कृषि मन्त्री हिराकुमार थापा, शिवसताक्षी नगरपालिकाका निर्वतमान मेयर चन्द्रकुमार शेर्मा, भोजकुमारी नेपाल र होम गौतमले उम्मेदवारी दावी गरेपछि विवाद भएको हो।
क्षेत्रबाट जती जनाको नाम आउँछ त्यतीकै नाम सिफारिस गरेर पठाउनु भन्ने केन्द्रको सर्कुलर विपरित हामीले उम्मेदवारी दाबी छाडेकै छैन, जबरजस्ती एलपी सावाँको नाम सर्वसम्मत भयो भन्नु पार्टीको नियम विपरीत छ चन्द्रकुमार शेर्माले बताए।एकलौटी ढंगबाट एलपी सावाँलाई सर्वसम्मत गरिएको भन्ने कुरा गलत हुन हामी मान्दैनौ `उनले भने।एलपी साँवाको समूहले जबरजस्ती बहुमत भयो भन्दैमा हामी मान्दैनौ,यो पार्टीको सर्कुलत विपरित छ,हामी पाँचै जनाले उम्मेदवारी छोडेको छैनौ उनले स्पस्ट पारेका छन् ।हामीले हाम्रो उम्मेदवारी छोडेका छैनौ पाँचै जनाको नाम सिफारिस हुनु पर्छ भन्दै हामी बैठकबाट उठेर हिडेका छौ शेर्माले भने।
यता यस विषयमा एलपी सावाँका स्वकीय सचिव विशाल खनालले भने वैठकले क्षेत्र नम्बर ४ का लागी एलपी सावाँलाई सर्वसम्मत चयन गरेको दाबी गरेका छन् ।खेम मिश्रको अध्यक्षतामा बसेको एमाले भेलाले साबाँलाई सर्वसम्मत गर्ने निर्णय गरेको दाबी गरे।यता यस विषयमा खेम मिश्र सँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन।
केन्द्रको सर्कुलर अनुसार उम्मेदवार छनौट सर्वसम्मत गर्न नसके बहुमत र अल्पमतको आधारमा छनौट नगरी सबै दाबी उम्मेदवारका नाम उपल्लो कमिटिमा पठाउने भन्ने निर्देशन रहेको छ।