
काठमाडौं। नेकपा एमालेका सांसद खगराज अधिकारीले केपी ओली सरकारले ल्याएको गुठी विधेयकविरुद्ध आन्दोलन गर्नेहरू सत्तामा हुँदा पनि गुठी समस्याको समाधान गर्न नसकेको बताउनु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अधिकारीले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, केपी ओली नेतृत्वको सरकार हुँदा गुठी सम्बन्धि विधेयक हामीले ल्यायौँ। गम्भीर बहस र छलफल भयो। यत्रा समस्याहरु छन्। अहिलेसम्म पनि श्री ५ को वायु गुठी धादिङमा कायमै छ।



पलाञ्चोक, म्याग्दी लगायतमा गुठी समस्या कायमै रहेका छन्। गुठीको समस्या समाधान गर्न सरकारले कुनै ध्यान दिएको छैन। उदासिन छ । उहाँले सरकारले हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयकलाई भड्काउन माइतीघरको जुलुसमा सामेल हुनेहरु अहिले सत्तामा हुनुहुन्छ भन्दै अहिले के गर्दै हुनुहुन्छ भनेर प्रश्न समेत गर्नुभयो । उहाँले यस विषयमा सरकारले जबाफ दिनुपर्ने माग पनि गर्नुभयो ।
