
काठमाण्डौं। नेकपा एमालेले डेंगु रोकथाम तथा नियन्त्रणमा सरकार चुकेको बताएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख नेता योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै डेंगु फैलिरहे पनि रोकथाममा सरकार चुकेको उल्लेख गरेका छन्।
एमालेले डेंगीबाट २१ जनाको मृत्यु भएको र ७५ जिल्लामा यसका लक्ष्यण देखा परेका बिरामी फेला परेको पनि उल्लेख गरेको छ। रोगको फैलावटको तुलनामा सतर्कता, नियन्त्रण र उपचारमा सरकारसँग जुन तहको योजना, कार्यक्रम र सक्रियता हुनुपथ्र्यो त्यसमा सरकार चुकेको र सरकारी संयन्त्र असफल भएको विज्ञप्तिमा उल्लेख छ। डेंगुको नियन्त्रण र उपचारमा सरकारको गम्भीर ध्यानाकर्षण समेत गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।