मकवानपुरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा मिनिबस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस मकवानपुरको भीमफेदीस्थित जुरिखेतमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमका अनुसार गम्भीर घाइतेहरूलाई काठमाडौं पठाउने तयारी भएको छ । बसमा कति यात्रु थिए भन्ने बारे खुलेको छैन् ।