धरानमा बस दुर्घटना,  चार जनाको मृत्यु


धनकुटाको चौविसे गाउपालीका बुधवारे बाट धरान आउदै गरेको ना ६ ख २७१३ नम्वरको बस धरान १३ स्थीत जिरोपोइन्टमा भएको दुर्घट्नामा परी एक आठ महिने नावालीका सहित ४ को मृत्यु भएको छ ।

बिज्ञापन

मृत्यु हुनेमा गाडीका चालक धरान १५का चक्रवहादु गुरुगं , चौविसे गाउपालीका धनकुटाका दल वहादुर मगर र केरावारी ९ मोरङकी यम कुमारी मगर र उनको ८ महिने नावालीका डेनि मगर रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयले बसमा सवार अन्य ३९ जना घाईतेको उपचार धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेको जानकारी दिएको छ ।