बसन्धुरामा ट्याक्सी र स्कुटर आपसमा ठोकिँदा स्कुटर चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बसुन्धारामा गएराती ट्याक्सी र स्कुटर आपसमा ठोकिदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको बार्पाक सुलिकोट ३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबान्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र बिपरित दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर गएराती पौने २ बजे आपसमा ठोकिएका हुन् । ट्याक्सी सहित चालकलाई प्रहरी बृत्त महाराजगञ्जले नियन्त्रणमा लिएको छ ।