हेटौंडाको डिजास्टर रिकभरी सेन्टरमा आगलागी

 हेटौंडा । हेटौंडा उपमहानगरपालिका–४ को हुप्रचौरमा रहेको डाटा सेन्टर अर्थात डिजास्टर रिकभरी सेन्टरमा आगलागी भएको छ । सरकारी सूचनाहरु ‘ब्याक अप’ गर्न बनाइएको डाटा रिकभरी सेन्टर मै आगलागी भएको हो ।

आगो निभाउन हेटौंडा उपमहानगरको दमकलसहित जिल्ला प्रहरी कार्यालय, बागमती प्रदेश प्रहरी कार्यालयको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिज्ञापन

आगलागी नियन्त्रण गर्ने प्रयास भइरहे पनि अहिलेसम्म नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए । आगलागीको कारण र क्षतिबारे भने अहिले जानकारी नआइसकेको प्रहरीले जनाएको छ ।

डाटा रिकभरी सेन्टरमा रहेका ब्याट्री पड्किएर आगलागी भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहकाय निर्देशक रमेशप्रसाद पोखरेलले जानकारी दिनुभयो ।