मनास्लु हिमपहिरोमा बेपत्ता चर्चित स्की आरोही नेल्सन मृत भेटिइन्

पोखरा। विश्वविख्यात अमेरिकी स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ । मनास्लु हिमालमा बेपत्ता भएकी नेल्सनको शव मनास्लु हिमालमा भेटिएको र अहिले बेस क्याम्पमा राखिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेका अनुसार मनाङ जाने बाटो नजिक हिमथाङ भन्ने ठाउँमा उनको शव फेला परेको हो ।

बिज्ञापन

नेल्सनका पति पनि त्यहाँ रहेको र शवलाई प्याक गरिसकेको जानकारी पाएको उनले बताए । ‘निजका पति पनि हुनुहुन्छ, शवलाई प्याक गरिसकेको जानकारी पाएको छु,’ उनले भने, ‘सामगाउँको हेली प्याडमा ल्याइएको छ, मुचुल्का उठाएपछि काठमाडौं पठाउँछौं ।’ अहिले सिम्रिक एअरबाट काठमाडौं लैजाने तयारी गरिएको छ ।

नेल्सन सोमबारबाट बेपत्ता भएकी थिइन् ।