कानुनी राज्यको धज्जी उडाउनेको सुची सार्वजनिक गर्छौं : इस्टु

ओमकार टाइम्स

-सान नेपाल
बिर्तामोड आश्विन ३०
निजी विद्यालयमा कार्यरत शिक्षकलाई श्रम ऐन अनुसार दिइनुपर्ने सेवा सुबिधा नदिइएको बिषयमा इस्टु प्रदेश १ तथा झापा इस्टुले थप गम्भीरता देखाउने भएको छ ।

बिज्ञापन

श्रम ऐन अनुसार प्रदान गर्नुपर्ने चाडवाड खर्च उपलब्ध नगराउने र सरकारले तोकेको समयसीमा भित्र शिक्षकहरुको स्थायी लेखा नम्बर लिनको लागि बेवास्ता गर्ने बिधालयहरुको शुचि तैयार भइरहेकोे इस्टु प्रदेश नं. १ का अध्यक्ष यादव राज अधिकारीले बताएका छन् । अध्यक्ष यादवका अनुसार सामाजिक सुरक्षामा जान हिच्किचाउने बिधालयहरु उपर कानुनी लडाइ लड्न इस्टु गम्भीर रहेको छ । श्रम ऐन ले तोके बमोजिमको सेवा सुबिधा दिन उदासीनता देखाउनु कानुनी राज्यको उपहास भएको इस्टुको निस्कर्ष रहेकोे इस्टु पदाधिकारीहरुले बताएका छन् ।

श्रम कानुनको ठाडो उल्लंघन गर्दै विध्यमान ऐन आफू खुशी व्याख्या गरिनु बिधालय सञ्चालकहरुको गम्भीर भुल भएको इस्टु झापा जिल्ला अध्यक्ष होमराज खतिवडाको तर्क छ । चाडबाड बापतको खर्च उपलब्ध गराउन आफुहरु संग कसम खाएका बिधालयहरुले अन्तिम समयमा आएर धोका दिएको बताउदै खतिवडाले त्यस्ता बिधालयहरुको सुचि चाडैं सार्वजनिक हुने कुरामा ढुक्क रहन आग्रह गरेका छन् ।

महंगो शुल्क लिएर विद्यार्थी भर्ना गर्ने तर शिक्षक कर्मचारीलाई ठगी गर्ने बिधालयबाट मुलुकको समग्र शैक्षिक विकासमा टेवा पुग्ने कुरामा आफुलाइ रत्तिभर विश्वास नरहेको खतिवडाको तर्क छ । चाडबाड बापत पाउनुपर्ने खर्च नदिएको बारेमा धेरै उजुरीहरु जिल्ला इस्टुमा परेको बताइएको छ । हामीले वहाँहरुको समस्या बुझेर केही समय थप गर्ने कुरामा सहमति जनायौं तर अहिले गम्भीर षड्यन्त्र हुन थालेको देखिएको छ, खतिवडाले ओमकार टाइम्स संग भने ।