झापाका ३ जना राजवंशी बडी बिल्डरलाई  सम्मान

दमक / काठमाण्डौमा आयोजित प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगितामा झापाका ३ जना राजवंशी बडी बिल्डर सम्मानित भएका छन् ।

जेठ २४ मा आयोजित  उक्त प्रतियोगितामा बडी ग्यारेज बिर्तामोडका तर्फबाट सहभागी मेचीनगर ७ इटाभट्टाका २१ वर्षीय अभिजित राजवंशी , झापा गाउँपालिका वडा नं २ सडकवारीका ३७ वर्षीय प्रेमलाल राजवंशी र बाह्रदशी २ का २४ वर्षीय हरिस राजवंशीलाई सम्मान गरिएको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा बडी ग्यारेजका तर्फबाट उनीहरुलाई सम्मान गरिएको हो । प्रतियोगितामा झापाका अभिजितले ७० केजी तौल समूहमा स्वर्ण पदक जित्दै ५० हजार नगद ,प्रेमलाल राजवंशीले ६५ केजी तौल समूहमा दोस्रो स्थान हासिल गर्दै ४० हजार नगद पुरस्कार पाएका थिए भने  हरिस राजवंशीले ७५ केजी तौल समूहमा चौथो स्थान हासिल गरेका थिए ।