बास्केटबलका रेफ्रिलाई प्रशिक्षण

बास्केटबलका रेफ्रिहरुका लागि पोखरामा आयोजना गरिएको प्रशिक्षण सम्पन्न भएको छ।

नेपाल बास्केटबल संघ गण्डकी प्रदेशको आयोजनामा सम्पन्न तीनदिने प्रशिक्षणमा प्रदेशका सामुदायिक विद्यालयका खेल शिक्षक, पूर्व बास्केटबल खेलाडीलगायत ३२ जना सहभागी भएका आयोजक संघका अध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए।

प्रशिक्षणमा सहभागीहरुलाई फिफा रेफ्री राजकुमार महर्जनले खेलका विविध पक्षमा सहजीकरण गरेका थिए।

प्रशिक्षणको समापन गर्दै गण्डकीका प्रदेश सभा सदस्य प्रकाश बरालले तीन दिनको अवधिमा सिकेको शिप व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गदै खेललाई विवादरहित र मर्यादित बनाउन रेफ्रिहरुको अहम भूमिका रहने भएकाले सोहीअनुसार काम गर्न आग्रह गरे।

कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष जुमप्रसाद गुरुङ, संघका सल्लाहकारद्वय सुनिल गुरुङ, नारायण शर्मा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगर, संघका उपाध्यक्ष किरण सापकोटा, महासचिव विष्णुकुमार गुरुङलगायतले तालिमबाट प्राप्त सिप र ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरेका थिए।