आजकाे लागि  सुनको मूल्य

दमक / नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य बढेको छ।

बुधबार प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो।

बिज्ञापन

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन प्रतितोला एक लाख ९१ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो।

यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

बुधबार चाँदी प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।