
स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ। नेपालले आज राति पौने आठ बजे घरेलु टोली स्कटल्यान्डसँग खेल्न लागेको हो।

सिरिजको पहिलो खेलमा भने नेपाल पराजित भयो। सोमबार राति भएको खेलमा नेपालमाथि नेदरल्यान्ड्सले सुपर ओभरमा जित निकालेको थियो। खेलमा तीन पटक सुपर ओभरमा भएको थियो।
बिज्ञापन



निर्धारित २० ओभर र एक ओभरका दुई वटा सुपर ओभरका खेलमा स्कोर बराबरी भएपछि खेल तेस्रो सुपर ओभरमा पुगेको थियो।

सिरिजमा यसअघि स्कटल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।
नेपाल र स्कटल्यान्डबीच पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा हुन लागेको हो। नेपालले सन् २०१४ देखि टी-२० अन्तर्राष्ट्रिय खेल खेल्न थाले पनि स्कटल्यान्डसँग कहिल्यै प्रतिस्पर्धा भएको थिएन।