नोबेल अस्पतालको छतबाट लडेर नाबालकको मृत्यु

मोरङ / विराटनगर स्थित नोबेल अस्पतालको छतबाट लडेर नाबालकको मृत्यु भएकाे छ । मोरङ विराटनगर महानगरपालिका-४ स्थितमा रहेको नोबेल अस्पतालको छतबाट लडेर १ जना नाबालकको मृत्यु भएको हाे ।

हिजाे शनिबार दिउँसो साढे ४ बजेको समयमा सोही अस्पतालमा काम गर्ने तारा प्रसाद न्यौपानेको १६।१७ महिनाको छोरा रिदम न्यौपाने लडेर घाईते भए पश्चात सोही अस्पतालमा उपचारको क्रममा उनको साझँ ५ बजेको समयमा मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बिज्ञापन