मलाई बलि चढाउने हो (कविता )

 

कालापानी लिपुलेकमा चन्द्र सुर्य फहराउने हो
रगत मागे यो माटोमा मलाइ बलि चढाउने हो ।

बिज्ञापन

पुर्खाले नहारेको कस्तो मिठो कथा
रास्ट्र निर्माण गनु पर्ने बनेको छ ब्यथा
नतरेका जंङगारहरु हामी तर्नु पर्छ
यो देशको मुहार फेर्न पकै मर्नु पर्छ
कालापानी लिपुलेकमा चन्द्र सुर्य फराउने हो
रगत मागे यो माटोमा मलाइ बलि चढाउने हो ।।

हिमाल पहाड अनि तराई सुन्दर हाम्रो देश
माहाकाली सम्झौता नि लागेको छ ठेस
बिदेशीका दलाल पनि लाउछन् हाम्रै भेस
कृतिम बल नलगाउ है हल्लिदैन हाम्रो केश
कालापानी लिपुलेकमा चन्द्र सुर्य फराउने हो
रगत मागे यो माटोमा मलाइ बलि चढाउने हो ।।।।