कति पुग्यो सुन चाँदीको भाउ ?

काठमाडौं : सुनको मूल्य सोमबार प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ८६५ रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर ९९० रुपैयाँ पुगेको छ । यसअघि आइतबार छापावाल सुनको भाउ तोलाको ९२ हजार १ सय रुपैयाँ रहेको थियो । यसैगरी तेजावी सुनको भाउ तोलाको ९१ हजार ६६० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको मूल्य पनि प्रतितोला ९८० रुपैयाँमा कारोबार भएको थियो ।