३९ करोड कम मुल्य तोकेर तेस्रोपटक पुरानो जहाजको बोलपत्र आह्वान

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटक बोलपत्र आह्वान गरेको छ ।

निगमले आल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको हो ।

बिज्ञापन

निगमले यसपटक सुरुको तुलनामा ३९ करोड रुपैयाँ कम मूल्य तोकेको छ ।

यसअघि निगमले सो विमान ८७ करोड ५१ लाख रुपैयाँमा बेच्ने भन्दै मूल्य तोकेको थियो । यो समाचार आजको नागरिक दैनिकमा मिनराज भण्डारीले लेखेका छन् ।