
बाँके । एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन्। बाँकेको कोहलपुर नगरपालिका-१४ पावर्तीपुरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया आफ्नै घरमा मृत फेला परेका हुन्।

कृष्णको शव घर बाहिर र मञ्जुको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कृष्णको हातमा चोट देखिएको छ भने मञ्जुको घाँटीमा डोरीको डोबका साथै मुखबाट फिँज आएको देखिएको छ।
बिज्ञापन



उनीहरुको हत्याको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।
