प्रधानमन्त्री ओली तमाशा गर्न उद्दत : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री ओलीले उद्घाटन र शिलान्यासका नाममा तमासा देखाउँदै हिँडेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि बैठकमा बोल्दै सांसद थापाले निर्माण सम्पन्न भएर प्रयोगमा आएको दुई वर्षपछि पुल र ठेक्कै नलागेका पुलको शिलान्यास गरिएको बताए ।

‘गर्नुपर्नै काम गरेको छैन मिथ्यांक ल्याएको छ, गफ चुटेको छ, बसेको छ। यो भयो भनेको छ, त्यो भयो भनेको छ। हुँदा हुँदा निर्माण सम्पन्न भएर दुई वर्ष अगाडिदेखि प्रयोगमा आएको पुलको समेत उद्घाटन गरेको छ। सिन्धुलीको राप्तीको पुल चालु भएको दुई वर्ष भइसक्यो। ठेक्क लागेको छैन सुनकोशी मरिन ड्राइभर्सनको शिलान्यास गरेको छ’, थापाले भने।

बिज्ञापन