जुम्ला : चन्दननाथ नगरपालिका २ निवासी विष्णु भण्डारीको घरमा लागेको आगलागी अझै नियन्त्रणमा आएको छैन ।
पुरानो चन्दननाथ नगरपालिकाको कार्यालय रहेको उक्त घरमा आगाली भएको हो । आगो निभाउनलाई प्रयास भएपनि अझै आउन नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख डिएसपी सिताराम रिजालले बताए ।
विपद व्यवस्थापनका सयन्त्रहरु कमजोर हुँदा आगो नियन्त्रण समयमै हुन नसकेको हो । जसका कारण लाखौँको क्षति भएको छ । डिएसपी रिजालका अनुसार बजारको बाटो साघुरो भएकोले दमकललाई पानी ल्याउनै ठिक्क भयो ।
२५ कोठा रहेको घरमा १६ जना भाडामा बस्दै आएका थिए । आगलागी भएको दुई घण्टाको अवधिमा कम्तीमा ५ वटा ग्यास सिलिण्डर पट्किएका थिए ।
आगो नियन्त्रण बाहिर रहेपनि नेपाल प्रहरी, सशस्त्र, स्थानीयकोले भने आगो नियन्त्रणलाई जारी राखेका छन् । घरमा कोठा भाडामा बस्द आएका भगवती शाहि, तुल्सी शाहि, कौसिला शाहीलगायतका १६ जनाको सबै खाने, ओड्ने ओछ्याउने सबै जले नष्ट भएको छ । भने पुरै घर जलेर नष्ट भएको छ ।